वाग्मती प्रदेशको मुख्यन्यायाधिवक्तामा नेपाल नियुक्त

मकवानपुर — वाग्मती प्रदेशको मुख्यन्यायाधिवक्तामा ज्ञानेन्द नेपाल नियुक्त भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिस प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार उनलाई नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले उनलाई नेपाल संविधानको धारा १६० को उपधारा २ बमोजिम उक्त पदमा नियुक्त गरेका हुन् ।
नेपाल सिन्धुपाल्चोक जिल्ला साँगागढीचोक नगरपालिका–४ निवासी हुन् ।
प्रकाशित : माघ १२, २०७९ १७:४७