१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वाग्मतीमा एमालेले टुंगो लगायो मन्त्री बन्नेको नाम

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशमा एमालेले मन्त्रिपरिषद्मा पठाउने व्यक्तिको टुंगो लगाएको छ । बुधबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले मन्त्री बन्नेको टुंगो लगाएको हो ।  एमालले एकालाल श्रेष्ठ, केशव पोखरेल, रामेश्वर श्रेष्ठलाई मन्त्री बनाउने भएको छ ।

वाग्मतीमा एमालेले टुंगो लगायो मन्त्री बन्नेको नाम

माओवादीले भने मन्त्री बन्नेको टुंगो लगाएको छैन । बुधबार एमालेबाट ३ माओवादीबाट ३ र राप्रपाबाट २ जना मन्त्री बनाउने तयारी छ । एमालेबाट जगन्नाथ थपलिया यसअघि नै मन्त्री बनिसकेका छन् ।

मन्त्रिपरिषद् विस्तारसँगै वाग्मती प्रदेशको मन्त्रिपरिषद्ले बुधबार पूर्णता पाउने भएको छ । मंगलबार साँझ ५ बजे बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो ।

वाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगनाथ थपलियाले मन्त्रिपरिषद्मा नेकपा (एस) र हाम्रो नेपाली पार्टीलाई सहभागी नगराइने जानकारी दिएका छ्न् । दुवै दलको समर्थनमा माओवदी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्रीमा दाबी गरेका थिए । जम्कट्टेललाई नेकपाका ७ जना र हाम्रो नेपालीका २ सांसदले विश्वासको मत समेत प्रदान गरेको थियो । हाम्रो नेपाली दलले सभामुख तथा उपसभामुख चयनमा समेत सत्तारुढ गठबन्धनकै उम्मेदवारलाई मतदान गरेको थियो ।

बुधबार दिउँसो २ बजेपछि नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ तय गरिएको सरकारका प्रवक्ता थपलियाले जानकारी दिए ।

प्रकाशित : माघ ११, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?