कालिन्चोकको वनमा बिहानैदेखि डढेलो

केदार शिवाकोटी

दाेलखा — दाेलखाकाे कालिञ्चाेक क्षेत्रकाे वनमा बुधबार बिहानैदेखि लागेको भीषण डढेलाे अझै नियन्त्रणमा लिन सकिएको छैन । बुधबार बिहान ६ बजेबाट बुकिनी डाँडाकाे तल सुकिम सामुदायिक वनबाट लागेकाे डढेलाे नियन्त्रण बाहिर रहेको भन्दै थप सुरक्षाकर्मी खटाइएको छ ।

उक्त वनबाट लागेकाे डढेलाे नियन्त्रणमा लिनका लागि जनपद प्रहरी, सशस्त्र प्रहरी र नपाली सेना परिचालन गरिएको दाेलखाका प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पाैडेलले बताए ।

डढेलाे भीर भएकाे वनकाे क्षेत्रमा प्रवेश गरेकाले नियन्त्रणमा लिन नसकिएकाे पौडेलले जानकारी दिए । डढेलाे नियन्त्रणमा लिन परिचालन गरिएको टोलीले अग्नि रेखा बनाएर काम गरे पनि आगो नियन्त्रणमा लिन नसकिएको हो ।

सदरमुकाम चरिकोटसहितका क्षेत्रमा डढेलोका कारण अहिले धुवाँकाे तुवाँलाे बढ्दै गएकाे छ । हिमपात भएर हिउँले ढाकिने डाँडामा याे वर्षकाे माघ लाग्दासमेत हिमपात हुन नसक्दा उच्च हिमाली भेगकाे कालिञ्चाेक जंगलमा डढेलो लागेको हाे ।

यद्यपि डढेलाे कसरी लाग्याे भन्नेबारे खुल्न सकेकाे छैन । यसअघि कालिञ्चाेक गाउँपालिका ५ मा रहेकाे एक सामुदायिक वनमा एक साताअघि डढेलाे लागेकाे थियाे ।

प्रकाशित : माघ ४, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्रिपरिषद्‌को पूर्णतापछि पहिलो बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद्‌ले पूर्णता प्राप्त गरेपछि पहिलो बैठक बुधबार सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले मंगलबार पूर्णता पाएको थियो ।

पुस १० मा प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६ मा प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । त्यसपछि सत्ता गठबन्धनभित्र भागबन्डाको छलफल सुरु भएको थियो । मन्त्रिपरिषद्मा‌ ४ उपप्रधान, ३ राज्यमन्त्रीसहित २३ सदस्यीय रहेको छ ।

प्रकाशित : माघ ४, २०७९ १६:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×