कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिक स्थायित्व अहिलेको मुख्य चुनौती : मुख्यमन्त्री जम्मकट्टेल

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजनीति स्थायित्व अहिलको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।

राजनीतिक स्थायित्व अहिलेको मुख्य चुनौती : मुख्यमन्त्री जम्मकट्टेल

प्रदेशसभाको बैठकमा आफूलाई विश्वासको मत माग्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘राजनीतिक स्थायित्व अहिलेको मुख्य चुनौती हो । विकास र सुशासनका लागि पनि यसको आवश्यकता छ’, उनले भने । वाग्मतीलाई समृद्धि र सुशासन पूर्णरुपमा लागू भएको प्रदेश भनेर चिनारी दिन पनि आफूलाई विश्वासको मत दिन उनले दलहरुलाई आग्रह गरे ।

मुख्यमन्त्री जम्मकट्टेलले विकासको निमित्त सरकारको स्थायित्व जरुरी रहेको दोहोर्‍याए । ‘अहिलेको जनमत एउटै पार्टीले सरकार बनाउने छैन । त्यसकारण दलहरु मिलेर अगाडि बढ्नुपर्ने अवस्था रहेको छ’, उनले भने । प्रदेश संरचनाको विरुद्धमा आवाज उठिरहेको भन्दै उनले दलहरुले संघीयताको पक्षमा उभिन जरुरी रहेको बताए ।

‘जनतामा प्रदेश सरकार जरुरी छ भन्ने मान्यताको विकास गर्दै सवै क्षेत्रको पहिचानलाई स्थापित गर्न आवश्यक छ’, मुख्यमन्त्री जम्मकट्टेलले भने । उनले प्रदेशसभाको अघिल्लो कार्यकालमा जनताको पक्षमा केही काम गरेको र अब पनि सरकारले थुप्रै योजनाको सुरुवात गर्ने बताए ।

प्रकाशित : माघ ३, २०७९ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?