लप्चीमा हुर्किंदै हिमचितुवा- वाग्मती - कान्तिपुर समाचार

लप्चीमा हुर्किंदै हिमचितुवा

केदार शिवाकोटी

दोलखा — एक महिनाअघि लप्चीमा खेल्दै गरेका दुईवटा हिमचितुवाको फोटो गौरीशंकर संरक्षण क्षेत्रको क्यामेरा ट्य्रापिङमा कैद भएको छ । सन् २०१९ मा पहिलोपल्ट संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्य्रापिङमा एक वयस्क हिमचितुवाको फोटो कैद भएको हो । हाल उक्त क्षेत्रमा हुर्किँदै गरेका बच्चा र आमाको फोटो संरक्षण क्षेत्रको क्यामेरामा कैद भएको हो ।

३ वर्षको अन्तरमा यो दोस्रो पटक लप्ची क्षेत्रमा देखिएका हिमचितुवा क्यामेरा ट्य्रापिङमा कैद भएका हुन् । ३ हजार मिटरको उचाईबाट माथिल्लो भेगमा पाइने हिमचितुवाको गणनाका लागि हाल संरक्षण क्षेत्रले क्यामेरा ट्य्रापिङ गरिरहेको छ । संरक्षण क्षेत्रले गरेको अध्ययनका क्रममा हुर्किँदै गरेको बच्चा र आमासहित लप्चीमा हिमचितुवा फेला परेपछि संरक्षणकर्मी उत्साहित बनेका छन् । उक्त क्षेत्रमा आमा र बच्चासहित अन्य वयस्क हिमचितुवा हुन सक्ने गौरीशंकर संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालले बताए ।

‘उक्त क्षेत्रमा अहिले पाइने जंगली जनावारका प्रजातीका विषयमा अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘यो क्रममा दुर्लभ हिमचितुवाका आमा र बच्चा पनि क्यामेरामा कैद भएकाले निकै उत्साहित छौं ।’ क्यामेरा ट्य्रापिङमा थप ४ वटा स्थानमा पनि हिमचितुवाका फोटा कैद भएको उनले बताए । तर, उक्त फोटामा देखिएका हिमचितुवा एकै हुन् वा फरक, त्यो भने अध्ययनपछि मात्रै भन्ने सकिने उनले बताए ।

‘उक्त क्षेत्रमा हिमचितुवाको बासस्थान भए वा नभएको अध्ययन भइरहेको छ,’ उनले भने, ‘फरक–फरक स्थानमा कैद भएका फोटोहरूका विषयमा अध्ययन सकिएपछि मात्रै संख्या भन्न सकिन्छ ।’

लप्ची क्षेत्रको जंगलमा समेत हिमचितुवाको फोटो कैद भएकाले यस्तो दृश्य विरलै देख्न पाइने उनले बताए । ‘यो हिमचितुवा हिँड्ने बाटो हो वा सिकार खोजीमा जंगल पसेको हाल अध्ययन भइरहेको छ,’ उनले भने । लप्ची क्षेत्रमा जलविद्युत् आयोजना निर्माण भइरहेकाले जभाथावी उत्खनन् र जंगल फडानीले अन्य जंगली जनावारसमेतलाई असर परिरहेकाले संरक्षण क्षेत्रले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।

‘मानव निर्मित संरचनाले खासगरी हिमचितुवाको बासस्थान र सिकारमा समेत असर परेको हुनसक्छ,’ दाहाल भने, ‘जसका कारण हिमचितुवा देखिने क्षेत्रभन्दा तलतिर सिकारका लागि झरेको र सोही समयमा क्यामेरामा कैद भएको हुन सक्छ, अध्ययनकै क्रममा छौं ।’ जलवायु परिवर्तनसँगै हिमालको तल्लो भगेमा हिउँले पुरिने क्षेत्र कालो बनेकाले सिकारका लागि हिमचितुवा तल झर्न थालेको संरक्षण क्षेत्रले जनाएको छ । रोल्वालिङ क्षेत्रमा गरेको क्यामेरा ट्य्रापिङमा पनि हिमचितुवाका फोटोहरू कैद भएको संरक्षण क्षेत्रले जनाएको छ ।

प्रकाशित : पुस १३, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्

दोलखामा माओवादी केन्द्रका कार्की विजयी

केदार शिवाकोटी

दोलखा — दोलखामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई उनले ३१७ मतान्तरले पराजित गरेका हुन् ।

समानुपातिकको मतपेटिकामा प्रत्यक्षतर्फको गणना पनि गर्ने सर्वदलीय बैठकमा सहमति भएकाले अंकमा तलमाथि हुन सक्ने बताइएको छ ।

जम्मा खसेको ८५ हजार ६ सय मतमध्ये कार्कीले ३६ हजार ७९९ र शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरेका छन् ।

दोलखा प्रदेशसभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।

प्रकाशित : मंसिर १९, २०७९ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×