कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नुवाकोटमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कृष्ण थापा

नुवाकोट — नुवाकोटको विदुर नगरपालिका ५ पिपलटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ५२ प ५८६८ नम्बरको मोटरसाइकल गुडिरहेको टिपरको पछाडिपट्टि ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक विदुर ५ का ३१ वर्षीय दिपक कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दुवै सवारीसाधन देवीघाटबाट गंगटेतर्फ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली पठाइएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १०, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?