रामेछापमा जिप दुर्घटना, ११ यात्रु घाइते

रामेछाप — रामेछापको उमाकुण्ड ७ भुजीमा शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ३ जनाको अवस्था जटिल छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँबाट उमाकुण्ड ७ भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९२ नम्बरको उक्त बलेरो एकराते पहरा फास्तुमा दुर्घटनामा परेको थियो । कच्ची सडकमा अनियन्त्रित भई करिब ५० मिटर तल उक्त जिप खसेको बताइएको छ । बोलेरोमा यात्रा गर्ने सबै ११ यात्रु नै घाइते भएका हुन्।

प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार घाइते हुनेमध्ये लिखु तामाकोसी १ का वडा सदस्य विमल सुनुवार, दुरागाउँकै विमला सुनुवार र राजकुमार थापालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । ४ जना घाइतेहरूलाई गाडी मार्फत् काठमाडौंतर्फ पठाइएको र अन्य ४ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

प्रकाशित : पुस २, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?