विदुर ढल निर्माण तथा प्रशोधन आयोजना सुरु

रासस

नुवाकोट — नुवाकोटको विदुर नगपालिकाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनका लागि ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’को काम सुरु भएको छ ।

विदुर ढल निर्माण तथा प्रशोधन आयोजना सुरु

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनमार्फत सञ्चालन गर्न लागिएको आयोजनाको विदुरका नगरप्रमुख राजन श्रेष्ठले शुक्रबार शुभारम्भ गरे । नगरप्रमुख श्रेष्ठले विदुर नगरपालिकाको मुख्य–मुख्य बजार क्षेत्र भएर बग्ने ढललाई एकीकृत गर्न र त्यसलाई प्रशोधन गरेर शुद्धिकरण गर्न महत्वका रुपमा लिइएको आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाए ।

'अहिले निर्धारण गरिएको क्षेत्राधिकार बढाएर तोकिएका वडाहरु २, ४, ५ र ६ नं को बढी जनघनत्व भएको क्षेत्र र केही वडा थप गर्न पहल गर्नुपर्नेछ', उनले भने, 'एकीकृत गरिने ढललाई शुद्धिकरण गर्न बनाइने ‘प्रशोधन केन्द्र’ निर्माण गन अब दोस्रो चरणको ठेक्का चाँडै लगाउन आयोजनाको कार्यालयलाई सहज बनाउनेछौं ।'

प्रकाशित : पुस १, २०७९ २२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?