१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सिन्धुलीमाडीमा कुकुर आतंक, दजर्नौं घाइते

राजकुमार कार्की

सिन्धुली — सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा सडकका कुकुरले टोकेर दुई दर्जनभन्दा बढी घाइते भएका छन् । कमलामाई नगरपालिका–६ धुराबजार र आसपासका क्षेत्रमा मंगलबार बिहानबाट कुकुरले सडकमा हिँडिरहेकाहरुलाई टोकेको हो ।

सिन्धुलीमाडीमा कुकुर आतंक, दजर्नौं घाइते

कालो रंगको बहुलाएको कुकुरले सडकमा हिँड्ने धेरैलाई टोकेको स्थानीय सञ्जय शाहले बताए । उनका छोरा अर्जुन अर्जुनलाई समेत कुकुरले टोकेको छ । कुकुरले टोकेपछि लगाउने भ्याक्सिन सिन्धुली अस्पतालमा नभएकाले धेरैजसो बिरामी उपचारका लागि काठमाडौंतर्फ लागेका छन् ।

ककुरले टोकेर धेरै घाइते भएकाहरुलाइ टेकु अस्पतालमा रेफर गरिएको सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिए । २० जना घाइते सिन्धुली अस्पतालमा आएका र धेरै घाइते भएका पाँच जनालाई रेफर गरिएको उनको भनाइ छ ।

प्रकाशित : मंसिर २०, २०७९ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?