कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवलपुरमा गैंडा मृत भेटियो

रासस

चितवन — चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ ।

निकुञ्जको प्राविधिक टोली अनुसन्धानका लागि मृत गैंडा भेटिएको स्थानमा गएको छ । गैंडा बूढो भएर मरेको आकलन गरिएको छ ।

प्रकाशित : मंसिर १९, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?