कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाैडी खेल्दा खाेलामा डुबेर मृत्यु

रमेशकुमार पौडेल

चितवन — चितवनको शक्तिखोरस्थित कयर खाेलामा पाैडी खेल्दै गरेका एक युवककाे डुबेर मृत्यु भएकाे छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार कालिका नगरपालिका-९ शक्तिखाेरकाे कयर खाेला बाँधमा पाैडी खेल्न गएका साेही ठाउँका १६ वर्षीय मनिष श्रेष्ठकाे शनिबार दिउँसाे डुबेर मृत्यु भएकाे हाे ।

उनकाे घटनास्थलमै ज्यान गएकाे डीएसपी अधिकारीले बताए । प्रहरीले घटनाका सम्बन्धमा अन्य अनुशन्धान सुरू गरेकाे जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७९ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?