कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

न्युरोडका आधा दर्जन गोदामघरमा राजस्व र प्रहरीको छापा

६ जना कामदार पक्राउ, सञ्चालक फरार

काठमाडौँ — न्युरोडका आधा दर्जन कपडा गोदाममा राजस्व अनुसन्धान विभाग र प्रहरीले छापा मारेको छ । राजस्व छलीको आरोपमा गोदाममा छापा मारेर त्यहाँ काम गर्ने केही कर्मचारीलाई विभाग र प्रहरीको टोलीले पक्राउ गरिएको हो ।

गोदामका सञ्चालक अनिल अग्रवाल र गिरिधारी अग्रवाल सम्पर्कविहीन बनेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, राजीव अनुसन्धान विभाग र जनसेवा प्रहरीको संयुक्त टोली गोदाममा छापा मार्न बिहीबार मध्याह्नतिर न्युरोड पुगेका थिए ।

जनसेवा वृत्तका डीएसपी दिलबहादुर मल्लले केही मानिसलाई नियन्त्रणमा लिइएको बताए । गोदाम सञ्चालकको पनि खोजीकार्य भइरहेको उनले बताए । आधा दर्जनजति राजस्व छली गरेर ल्याइएका कपडा गोदाममा लुकाएर राख्ने र त्यहीबाट बजारमा पठाउने गरेको पाइएपछि राजस्वले अनुसन्धान अघि बढाएको थियो ।

राजस्व छलीका कपडाको लगत संकलन भइरहेको फिल्डमा खटिएका अर्का अधिकारीले बताए ।

प्रकाशित : मंसिर १५, २०७९ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?