कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

रामेछापमा राष्ट्रिय परिचयपत्र बनाउने अभियान

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापमा बुधबारदेखि राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु गरिएको छ । मन्थली नगरपालिकाका १४ वटा वडामा परिचयपत्रका लागि खटाइएको टोलीले एकैसाथ काम थालेको हो । 

रामेछापमा राष्ट्रिय परिचयपत्र बनाउने अभियान

राष्ट्रिय परिचय पत्र बनाउने काम यसअघि जिल्ला प्रशासन कार्यालयमा मात्र सीमित थियो । कार्यालयको तथ्यांकअनुसार हालसम्म रामेछापबाट २१ हजार ५ सय जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएर विवरण बझाएका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिए । परिचयपत्र भने अझै आइसकेको छैन ।

प्रजिअ रेग्मीका अनुसार वडा केन्द्र र आवश्यक परेमा अन्य स्थानमा समेत टोली बसेर नागरिकता प्रमाणपत्र पाइसकेका सबै जनाको राष्ट्रिय परिचयपत्रका लागि कार्य सम्पन्न गर्नेछ । जिल्लाका ६४ वटै वडा कार्यालयमा पुग्ने टोलीले ३ महिनाभित्र उक्त कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

गाउँमा टोली खटेको अवस्थामा पनि जिल्ला प्रशासन कार्यालयबाट समेत परिचयपत्रको काम हुने प्रजिअ रेग्मीले बताए । तत्काल विदेश जाने परिचयपत्र नभई राहदानी बनाउन कठिनाई पर्ने भएकाले त्यस्ता व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा पुगेर परिचयपत्र र राहदानी सिफारीस गराउन सक्ने उनले बताए ।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि मन्थली नगरपालिकाका विभिन्न स्थानमा बुधबार बिहानैदेखि भिड लागेको छ । मन्थली नगर प्रमुख लब श्रेष्ठले सवै वडाका जनप्रतिनिधिहरुलाई धेरैभन्दा धेरै नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउने काममा सूचना सम्प्रेषण र अन्य सहयोग गरिदिन आग्रह गरेका छन् ।

जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या करिब २ लाख हाराहारीमा रहेको अनुमान छ ।

प्रकाशित : मंसिर १४, २०७९ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?