३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नुवाकोटमा गठबन्धनको जित

नुवाकोट — नुवाकोटको प्रतिनिधिसभा सदस्यका दुई र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका चार उम्मेदवार नै निर्वाचित भएका छन् । नुवाकोट–२ मा कांग्रेसका अजुर्ननरसिंह केसी २८ हजार १ सय ७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डे र एमालेका नारायणप्रसाद खतिवडा थिए ।

२०७४ को निर्वाचनमा एमालेका खतिवडासँग १० हजार ५ सय ५७ मतान्तरले केसी पराजित भएका थिए । ५ वर्षपछि केसीले खतिवडालाई १२ हजार ५ सय ४६ मतले हराए । यसैगरी क्षेत्र नं. १ मा गठबन्धनतर्फका माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले एमालेका बद्री मैनालीलाई पराजित गरे । गठबन्धनतर्फ माओवादीका तामाङले २६ हजार ५ सय ४८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मैनाली थिए ।

नुवाकोट १ (१) मा गठबन्धनबाट माओवादीकी राधिका तामाङ दोस्रो पटक निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीलकुमार खड्कालाई पराजित गरिन् । १(२) मा पनि कांग्रेसका रमेशकुमार महत निर्वाचित भए । उनले १ हजार ८ सय ९६ मतान्तरले एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई पराजित गरेका हुन् ।

२ (१) मा गठबन्धनतर्फबाट माओवादीका रामप्रसाद ढुंगाना निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका केशवराज पाण्डेलाई पराजित गरे । ढुंगानाले १२ हजार १ सय १० मत ल्याउँदा पाण्डेको ११ हजार ६ सय ६२ मत मात्र आएको थियो । २ (२) को प्रदेशसभा सदस्यमा कांग्रेसका बहादुरसिं लामा तामाङ निर्वाचित भएका छन् । उनका निकतटतम प्रतिस्पर्धी एमालेका विजयसिं लामा तामाङ थिए ।

प्रकाशित : मंसिर ११, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?