कोदालो प्रहारबाट वृद्धको मृत्यु

सुवास विडारी

मकवानपुर — मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँमा बिहीबार झगडाको क्रममा कोदालोको बिँडले हान्दा ८९ वर्षीय वृद्धको मृत्यु भएको छ । 

गैरीगाउँ बस्ने ३५ वर्षीय टाइसन गोले र सोही स्थानका ८९ वर्षीय आइतसिंह स्याङ्तानबीच आपसमा भनाभन भई झगडा भएको थियो । झगडाको क्रममा टाइसन गोलेले कोदालोको बिँडले आइतसिंह स्याङ्तानको टाउकोमा हानी गम्भीर घाइते बनाएका थिए ।

ट्रमा सेन्टर काठमाडौंमा उपचारका लागि लगिएको उनको मृत्यु भएको हो । कुटपिट गर्ने टाइसन गोलेलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ९, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?