२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सिन्धुपाल्चोक-१ (२) मा माओवादी केन्द्रका पौडेल विजयी

काठमाडौँ — सिन्धुपाल्चोक- १ (२) मा नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री पौडेल विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार पौडेल १७ हजार दुई सय ५६ मतसहित विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का होमनारायण श्रेष्ठले १३ हजार १३ मत प्राप्त गरेका छन् । 

सिन्धुपाल्चोक-१ (२) मा माओवादी केन्द्रका पौडेल विजयी

सिन्धुपाल्चोक–२, प्रदेशसभा (१) मा पनि माओवादी केन्द्रका युवराज दुलाल विजयी भएका छन् । उनले २० हजार नौ सय छ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका अमानसिं तामाङले १२ हजार एक सय ३९ मत प्राप्त गरेका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको जिल्लामा १ प्रतिनिधिसभा र ३ प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै जिल्लामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस एक र माओवादी केन्द्रले तीन गरी चार उम्मेदवार विजयी भई सकेका छन् ।

प्रतिनिधिसभा–२ मा पनि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका मोहनबहादुर बस्नेत २१ हजार सात सय सय ४९ मतसहित अग्रतामा छन् । उनलाई एमालेका शेरबहादुर तामाङले १२ हजार चार सय ४० मतसहित पछ्याइ रहेका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?