सिन्धुपाल्चोक २ (१) माओवादीका युवराज दुलाल निर्वाचित

अनिश तिवारी

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको प्रतिनिधिसभा २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका युवराज दुलाल शरद भारी मतले विजयी भएका छन् । 

सिन्धुपाल्चोक २ (१) माओवादीका युवराज दुलाल निर्वाचित

वाग्मती प्रदेशको पूर्व सामाजिक विकासमन्त्री तथा माओवादीका पोलिटब्युरो सदस्य शरदले प्रतिस्पर्धी एमालेका अमानसिंह तामाङलाई ८ हजार ७ सय ६७ मन्तातरले हराएका हुन् । उनले २० हजार ९ सय ६ मत ल्याए भने चौतारा साँगाचोकगढी नगरका पूर्वमेयर तामाङले १२ हजार १ सय ३९ मतमात्रै पाएका छन् ।

त्यसैगरी राप्रपाका बाबुराम खड्काले २ हजार ४ सय २४, चेतनाथ गिरीले ५८६ मत ल्याएका छन् । अघिल्लो ०७४ स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट चौतारा साँगाचोकगढी नगरको मेयर पदमा निर्वाचित तामाङ टिकट नपाएपछि केही समयअघि एमाले प्रवेश गरेका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ ०१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?