कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नुवाकोटका ५७ मतदानस्थल अति संवेदनशील

कृष्ण थापा

नुवाकोट — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा राखिएका १ सय ९ मतदानस्थल संवेदनशील छन् । जिल्ला सुरक्षा समितिको बैठकले ५७ अति संवेदनशील, ५२ संवेदनशील र २३ सामान्य भनेरर वर्गीकरण गरेको छ । नुवाकोटमा १३२ मतदानस्थल छन् । २८८ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्र रहेको छ ।

नुवाकोटका ५७ मतदानस्थल अति संवेदनशील

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको निर्वाचन विरोधी गतिविधि, अपराधिक गतिविधि, जातीय क्षेत्रीयता साम्प्रदायिकता, विगतमा देखिएको निर्वाचनमा भए गरेका विवाद लगायतका आधारमा मतदानस्थलको वर्गीकरण गरिएको समितिले जनाएको छ । त्यसमा जिल्लाको भौगोलिक विकटतालाई लिएर उक्त वर्गीकरण गरिएको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए । त्यही संवेदनशीलताको आधारमा समस्या देखिएका मतदानस्थलमा सुरक्षाकर्मी परिचालन गरिने उनले बताए ।

अति संवेदनशील भनिएका निर्वाचन क्षेत्र नं. २ को विदुर नगरपालिका बाहेकका मतदानस्थल छन् । त्यसमा बेलकोटगढी नगरपालिका भित्रका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिकाका मतदानस्थल रहेका छन् । निर्वाचन क्षेत्र नंं १ मा ककनी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउँपालिाका र तादी गाउँपालिकाभित्रका मतदानस्थल रहेका छन् । निर्वाचन क्षेत्र नंं २ मा पर्ने विदुर नगरपालिकाका १ वटा अति संवेदनशील, १० संवेदनशील, १५ सामान्य मतदानस्थल रहेका छन् ।

बेलकोटगढी नगरपालिकामा १२ अति संवेदनशील, ४ संवेदनशील भनेर राखिएको छ । त्यसैगरी तारकेश्वर गाउँपालिकामा २ अति संवेदनशील, ६ संवेदनशील रहेको छ । म्यागङ गाउँपालिकामा २ वटा अति संवेदनशील, ५ वटा संवेदनशील रहेको छ । किस्पाङ गाउँपालिकामा ३ वटा अति संवेदनशील र ३ संवेदनशील मतदानस्थल रहेका छन् ।

निर्वाचन क्षेत्र नंं १ मा पर्ने मतदानस्थलहरुमा ककनी गाउँपालिकाको ७ वटा मतदानस्थल अति संवेदनशील, ४ वटा संवेदनशील रहेका छन् । दुप्चेश्वर गाउँपालिकामा १० अति संवेदनशील, ३ वटा संवेदनशील र ३ सामान्य मतदानस्थल रहेका छन् । पञ्चकन्या गाउँपालिका २ अति संवेदनशील र ४ संवेदनशील र बाँकी सामान्य रहेका मतदानस्थल छन् । शिवपुरी गाउँपालिका ५ अति संवेदनशील र ६ संवेदनशील मतदानस्थल रहेका छन् । सूर्यगढीगाउँपालिका ४ अति संवेदनशील, ४ संवेदनशील र २ सामान्य मतदानस्थल रहेका छन् । लिखु गाउँपालिका १ अति संवेदनशील, ३ वटा संवेदनशील र ३ वटा सामान्य अवस्थाका मतदानस्थल रहेका छन् । तादी गाउँपालिकामा १ वटा मात्र संवेदनशील, ५ संवेदनशील र १ वटा सामान्य मतदानस्थल रहेका छ्न । नुवाकोटमा २ लाख ३९ हजार ७२६ मतदाता छन् । मतदानस्थल सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी र म्यादी, त्यसपछि सशस्त्र र नेपाली सेनाले सुरक्षा घेरा दिएर मतदानस्थलको सुरक्षा दिने समितिले जनाएको छ ।

प्रकाशित : कार्तिक २७, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?