कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपाल संवत्‌का अवसरमा हेटौंडामा र्‍याली

प्रताप विष्ट

हेटौंडा — नेपाल संवत् ११४३ को अवसरमा  नेवार समुदायले बुधबार हेटौंडामा प्रभातफेरी गरेका छन् । नेपाल भाषा खल: मकवानपुरले आयोजना गरेको उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले नेपाल संवत् नेपालीहरूको संवत् रहेको बताइन् ।

नेपाल संवत्‌का अवसरमा हेटौंडामा र्‍याली

भाषा र संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा समृद्ध बनाउने बताइन् । नेपाल भाषा खलको कार्यालयबाट निस्केको र्‍यालीले नगरका विभिन्न भाग परिक्रममा गरेको थियो । नेवारी बाजागाजासहित र्‍याली निकालिएको थियो ।

र्‍यालीमा प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्य,प्रहरी उपरीक्षक वामदेव गौतमलगायत प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित : कार्तिक ९, २०७९ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?