२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
आमनिर्वाचन २०७९

धादिङका एमाले नेता नेत्र पौडेलले दिए स्वतन्त्र उम्मेदवारी

सरिता श्रेष्ठ

धादिङ — नेकपा एमाले धादिङका नेता नेत्र पौडेलले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा उम्मेदवारी दिएका हुन् ।

धादिङका एमाले नेता नेत्र पौडेलले दिए स्वतन्त्र उम्मेदवारी

एमालेले रमेश आचार्यलाई टिकट दिएपछि असन्तुष्ट भएकाहरूको समर्थनमा पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

आचार्य एमाले अध्यक्ष ओली निकट मानिन्छन् । उनी केपी ओलीका पूर्व स्वकीय सचिव पनि हुन् ।

पौडेल २०७४ को संसदीय निर्वाचनमा पनि उम्मेदवार हुने चर्चा गरिए पनि अन्त्यमा उनको टिकट खोसिएको थियो । त्यसबेला नेकपा एमालेबाट प्रतिनिधिसभामा भूमि त्रिपाठी र प्रदेशसभामा नेत्र पौडेललाई उम्मेदवारको टिकट दिइएको थियो ।

तर तत्कालीन एमालेका उपाध्यक्ष रहेका राजेन्द्र पाण्डे प्रदेशसभा उम्मेदवार बन्ने भएपछि पौडेललाई दिइसकेको टिकट पनि खोसिएको थियो ।

प्रकाशित : आश्विन २३, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?