१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नुवाकोटमा सडकको भेलले बगाउँदा बालिकाको मृत्यु, बालक बेपत्ता 

कृष्ण थापा

नुवाकोट — ककनी गाउँपालिका २ सिमटार सडकको भेलले बगाउँदा बालिकाको मृत्यु भएको छ भने बालक बेपत्ता भएका छन् । ककनी गाउँपालिका २ का शिवराम घिमिरेको छोरा ४ वर्षीय श्रेयान र ८ वर्षीया छोरी बेविसालाई सडकको भेलले नालीमा पुर्‍याएको थियो ।

नुवाकोटमा सडकको भेलले बगाउँदा बालिकाको मृत्यु, बालक बेपत्ता 

छोरी बेबिसा बगेको ठाउँबाट २५ मिटर तल गम्भीर अवस्थामा फेलापरेपछि उपचारका लागि ग्रिनसिटी अस्पताल काठमाडौंमा लगिएकोमा साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए । श्रेयान घिमिरे हालसम्म बेपत्ता रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु सिमटारबाट बेरुवातर्फ जाँदै गरेको बा ८० प ७९७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा सडकमा बगेको ठूलो भेलले उनीहरुलाई दुवैलाई बगाएको थियो ।

प्रकाशित : आश्विन २०, २०७९ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?