सत्रकिलाेमा पहिराे जाँदा नारायणगढ-मुग्लिन सडक अवरूद्ध

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ सत्रकिलाेमा पहिराे खसेपछि यातायात अवरूद्ध भएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार बिहिबार बिहान ८:२० बजे लेदाेसहितकाे पहिराे आएर दुईतर्फी रूपमै यातायात बन्द भएकाे हाे ।

डिभिजन सडक कार्यालयसँग समन्वय गरी बाटाे खुलाउने पहल भइरहेकाे उनले बताए । चितवनमा हिजाे साँझदेखि नै लगातार वर्षा भइरहेकाे छ ।

नारायणगढ-मुग्लिन सडक राजधानी काठमाडाैं र पर्यटकीय सहर पाेखरालाई देशकाे पूर्वी र पश्चिम भेगसँग जाेड्ने मुख्य सडक हाे ।

प्रकाशित : आश्विन २०, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?