१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

चितवनमा जिपको ठक्करबाट श्रीमान्‌को मृत्यु, श्रीमती घाइते

रासस

चितवन — चितवनमा जिपको ठक्करबाट श्रीमान्‌को मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जिपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पंगेनीको मृत्यु भएको हो ।

चितवनमा जिपको ठक्करबाट श्रीमान्‌को मृत्यु, श्रीमती घाइते

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : आश्विन १९, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?