बिरामीको मृत्युपछि सीएमसीको शिक्षण अस्पतालमा तोडफोड, १३ जना प्रहरीको नियन्त्रणमा- वाग्मती - कान्तिपुर समाचार

बिरामीको मृत्युपछि सीएमसीको शिक्षण अस्पतालमा तोडफोड, १३ जना प्रहरीको नियन्त्रणमा

रमेशकुमार पौडेल

चितवन — उपचारका क्रममा बिरामीको मृत्यु भएपछि विरोध प्रदर्शन गर्न चितवन मेडिकल कलेज (सीएमसी) को भरतपुरमा रहेको शिक्षण अस्पताल आएका मृतकका आफन्त तथा स्थानीले मंगलबार दिउँसो अस्पतालमा तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका-१३ का ३६ वर्षीय रमेश कुँवरको सोमबार साँझ सो अस्पतालमा निधन भएको थियो ।

कुँवरको प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि सोमबार बिहान ८ बजे अस्पतालमा भर्ना भएको प्रशासन प्रमुख प्रताप देवकोटाले बताए । उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि विभिन्न अंगप्रत्यङ्गहरूले काम नगरेका कारण हिजै साँझ निधन भएको देवकोटाले बताए ।

निधनको कारणका बारेमा आफन्तलाई हिजो नै सबै जानकारी दिए पनि आज धेरै मान्छेहरू अचानक आएर तोडफोडसमेत गरेको उनले बताए । आज दिउँसो साढे १ बजेतिर स्थानीय र आफन्त अस्पताल आएका थिए । चिकित्सकले लापरबाही गरेका कारणले बिरामीको निधन भएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए ।

अस्पतालको तेस्रो तलामा रहेको मेडिकल आईसीयूमा तोडफोड भएको छ । घटनापछि प्रहरीले १३ जनालई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

प्रकाशित : आश्विन १८, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्

यो कथा हो

रत्न प्रजापति

काठमाडौँ — एउटा रातो रङको चिल्लो कार सर्र आएर सडकको छेउमा रोकियो । कारबाट निस्केर दुई जना लोग्नेमान्छे सरासर घरभित्र पसे ।‘ओहो ! दाजुहरू आउनुभो ?’ बहिनी भन्नेले मस्किँदै भनी । ‘अनि त ? बहिनीले प्रेमपूर्वक बोलाएपछि आउनु परेन त ?’ दाजु भन्नेहरूले जिस्किँदै भने । बहिनी मक्ख । दाजुहरू दङ्ग ।‘बसौंन त ।’ बहिनीले मक्ख परेर भनी ।

दुवै दाजुहरूले यताउता हेरे बस्नका लागि । तर बस्ने ठाउँ कतै देखेनन् । कुनै मुढा, कुर्सी वा सोफा थिएन त्यहाँ । मात्रै एउटा खाट थियो । दुवै दाजुहरू त्यही खाटमा टुसुक्क बसे ।

बहिनीचाहिँ उभिइरही । बहिनी उभिराखेको देखेर एउटा दाजुले भन्यो, ‘तिमी पनि बसन ।’ अनि बहिनी पनि दाजुहरूसँगै टुसुक्क बसी खाटमा । त्यसरी बस्दा बहिनीको तातो दाजुहरूमा स¥यो । दाजुहरूको तातो बहिनीमा स¥यो । दाजुहरूलाई तातोको अनुभूति भयो । बहिनीलाई पनि तातोको अनुभूति भयो । तर भन्न सकेनन् तातो लागेको कुरा । भनिहाल्ने कुरा पनि थिएन । एकले अर्कालाई हेराहेर मात्रै गरे । बहिनी मुसुक्क हाँसी । दाजुहरू पनि उसैगरी हाँसे । बहिनीको कोठामा रमाइलो वातावरण छायो ।

‘म त दाजुहरू आउनुहुन्छ भनेर बिहान सबेरै उठेर नुवाइधुवाई गरेर बसेकी । पूजाको सामान पनि ठीक पारिसकेकी छु । खाना पनि तयार पारिसकेकी छु । दाजुहरूलाई खानासँगै अलिअलि पिउने कुरा पनि ल्याएकी छु ।’ बहिनीले एकछिनको मौनतालाई तोड्दै भनी ।

दङ्ग पर्ने पालो दाजुहरूको थियो, परे । दङ्ग परेरै एकअर्कालाई हेराहेर गरे । एउटा दाजुले आँखा सन्कायो । अर्को दाजु मुसुक्क हाँस्यो । फेरि उसले पनि आँखा सन्कायो । अर्को दाजु पनि मुसुक्क हाँस्यो । उनीहरूको हाँसो रहस्यपूर्ण थियो ।

दाजुहरू एकले अर्कोलाई हेरेर मुस्कुराएको देखेर बहिनीको मनमा खुल्दुली भयो । आफूलाई रोक्नै नसकेर बहिनीले सोधी, ‘किन हाँस्नुभो दाजुहरू ?’

‘बहिनीको हामीप्रतिको प्रेम देखेर ।’ चतुर दाजुले निकै चतु¥याइँपूर्वक भन्यो ।

बहिनी पुनः मक्ख परी र लाडे पल्टिई, ‘दाजुहरू जस्तो हो त म ?’

अब लाडे पल्टिने पालो दाजुहरूको आयो । दाजुहरूले पनि लाडिएर भने, ‘हामी पनि त गर्छौं नि बहिनीलाई धेरै प्रेम । खोलेर देखाउन मिलेन र पो त ।’

बहिनी प्रेमले ओतप्रोत भई । खुसीले एक बित्ता उफ्रिएजत्तिकै भई । सगरमाथै टेकेजस्तो गर्व महसुस भयो बहिनीलाई ।

दुवै दाजुका हातहातमा झोला छन् । बहिनीका आँखा झोलामा परे । झोलामा केके होला ? बहिनीलाई फेरि अर्को खुल्दुली भयो । तर अघिजस्तै तुरुन्तै सोधिहाल्न सकिन । सोध्ने कुरा पनि भएन । पक्कै दाजुहरूले बहिनीका लागि ल्याइदिएको बहुमूल्य उपहार हो त्यो । तर खोलेर नहेरेसम्म कसरी थाहा पाउनु, त्यसमा के छ भनेर ? बहिनीको मनको खुल्दुली मनमै रह्यो ।

‘साँच्चि, बहिनीले आज अफिसमा बिदा त लिएकी छौ नि ? फेरि बहिनीको त बिदै नमिल्ने अफिस छ क्यारे ।’ एउटा दाजुले यसो केही सम्झेजस्तो गरेर समझदार भएर भन्यो ।

‘लिएकी छु नि । भाइटीकाको दिनमा पनि बिदा नपाउनु त । होइन दाजु ?’ बहिनीले अर्को दाजुको मुखमा हेरेर भनी ।

‘त्यही त, आजको दिनमा पनि ।’ अर्को दाजुले त्यो दाजुको मुखमा हेर्दै भन्यो । त्यो दाजु के सोचेर हो मुसुक्क हाँस्यो । अर्को दाजु पनि मुसुक्क हाँस्यो ।

दाजुहरू हाँसेको देखेर फेरि बहिनीको मनमा तुलुबुल भयो । सोधिहाली, ‘किन हाँस्नुभो दाजुहरू ?’

‘यत्तिकै ।’ दुवै दाजुहरूले एकै स्वरमा भने । दाजुहरू किन खुसी छन् । बहिनीले थाहा पाउन सकिन । बरु मनमनै सोची, मेरो हातबाट भाइटीका लाउन पाएर होला । दाजु भन्नेहरू बहिनी भन्नेकहाँ भाइटीका लाउन आएका रहेछन् ।

सोच्दासोच्दै बहिनी पनि एक्लै फिसिक्क हाँसी । बहिनीलाई हेरेर दाजुहरू फेरि मुसुक्क हाँसे । बहिनीको कोठै हाँसेजस्तो भयो ।

एक छिन तीनैजना शान्त भए । कोठामा एकछिन मौनता छायो । बाहिर भने हल्लीखल्ली छ, मान्छेहरूको । मोटरगाडीहरूको । बहिनीको डेरा सडकछेउमै छ नि त ।

बहिनीले हातको घडी हेरी । आज बहिनीको हातमा नयाँ घडी छ । सायद उसले भाइटीकामा लाउनकै लागि किनेकी थिई । दाजुहरूले पनि हेरे बहिनीको हातको नयाँ घडी । बहिनीको हातको नयाँ घडी हेरेर दुवै दाजुहरूले मनमनै सोचे, यस्तो राम्रो हातमा आफैंले एउटा नयाँ घडी लाइदिन सकेको भए ? अहिलेसम्म बहिनीलाई एउटा नयाँ घडी पनि दिन नसकेकोमा दुवै दाजुहरूलाई पछुतो लाग्यो । अर्को भाइटीकामा ल्याइदिने अठोट गरे मनमनै । बहिनीले थाहै पाइन तिनीहरूको अठोट ।

‘भाइटीकाको साइत भएछ ।’ बहिनीले घडी हेर्दै भनी ।

‘अब सुरु गरौंन त ।’ यसो भन्दै दुवै दाजुहरू बहिनीले ओछ्याइदिएको चकटीमा अनुशासित विद्यार्थीजस्तो टुसुक्क बसे । बहिनीले के–के गर्छिन् त्यो हेर्न थाले दुवै दाजुहरूले ।

बहिनीले दुवै दाजुहरूको वरिपरि तेल र पानीको घेरा हाली । दाजुहरूको टाउकोमा पालैसित चोखो पानी छर्की । तेल लाइदिई । निधारमा सप्तरङ्गी टीका लाइदिई । मखमलीको फूलको माला लाइदिई । पूजा गरी । आरती उतारी । ढोकामा ओखर पनि फोडी । मसला, मिठाई र फलफूल पनि दिई । अनि दाजुहरूले आफूले ल्याएको नगद र जिन्सी दुवै उपहार बहिनीलाई दिए । उपहार पाएर बहिनी दङ्ग परी । दाजुहरूप्रति कृतज्ञ भई । तर उपहार खोलेर हेर्न बिर्सी बहिनीले । सायद धेरै खुसीले गद्गद् भएर होला । बहिनीको हातबाट टीका लाउन पाएर दाजुहरू पनि कृतज्ञ भए । बहिनीजस्तै खुसीले गद्गद् भए ।

भाइटीका सकियो । अब खान बाँकी रह्यो । बहिनीले प्रेमपूर्वक खाना पस्किदिई । दाजुहरू अघिजस्तै अनुशासित विद्यार्थीजस्तो ज्ञानी भएर खान बसे । बहिनीले प्रेमपूर्वक खानेकुरासँगै पिउने कुरा पनि दिई । दाजुहरूले खाँदै र पिउँदै गरे । सायद दाजुहरूलाई खानेकुराभन्दा पिउने कुरा बढी स्वादिलो लाग्यो । किनभने तिनीहरूको जोड खानुमा भन्दा पिउनु देखियो । बहिनी त्यसमा पनि खुसी भई । दाजुहरूले पिएको हेरिही ।

‘अब तिमी पनि खाऊन ।’ एउटा दाजुले भन्यो ।

‘अलिकति तिमी पनि पिऊन । ’ अर्को दाजुले भन्यो ।

बहिनीले पिउँदिन भन्दै थिई । दाजुहरूको मन राख्न अलिकति पिइदिई । दाजुहरूले फेरि पिउन कर गरे । अनि त नारायण गोपालले जस्तै पिउँदिन–पिउँदिन भन्दै पिई । दाजुहरूलाई साथ दिएर पिई । अलिअलि भन्दै धेरै पिई । दाजुहरूले त अघि नै धेरै पिइसकेका थिए । अघि तिनीहरूले बियर पिएका थिए । अहिले त बियरले नै तिनीहरूलाई पिएजस्ता देखिए दुवै दाजुभाइ । होश हराएजस्ता । बोली लर्बरिएका । अनि जीउ हल्लिएका । पिउँदै जाँदा बहिनी पनि दाजुहरूजस्तै देखिई । होश हराएजस्ती । बोली लर्बराएकी । अनि जीउ हल्लिएकी । जसले जसको गिलास उठाएर पिए पनि मतलब हुन छाड्यो तिनीहरूलाई ।

‘दाजुहरूलाई त लागेजस्तो छ ।’ बहिनीले हाँस्दै भनी ।

‘बहिनीलाई पनि लागेजस्तो छ ।’ दाजुहरूले पनि उसैगरी हाँस्दै भने ।

‘हामी सप्पैलाई लाग्यो । हाहाहा.... ।’ तीनैजना एकसाथ हाँसे ।

तिनीहरूको खाने काम सकियो । तर पिउने काम सकिएन । खान बस्दा विद्यार्थीजस्तै अनुशासित देखिएका दाजुहरु पिएपछि भने अनुशासनहीन विद्यार्थीजस्तै भए ।

बहिनीले दाजुहरूका लागि मनग्गे पिउने व्यवस्था गरेकी रहिछ । उदार रहिछ बहिनी । उसको उदारता बिस्तारै देखिँदै गयो ।

बहिनीको उदारताले खुसी भएको एउटा दाजुले आफूले दिएको उपहारको झोलातिर औंल्याउँदै भन्यो, ‘हामीले दिएको उपहार हेर्दिनौ बहिनी ?’

‘हेर्छु नि, किन नहेर्नु । खैखै हेरिहालुँ त ।’ यसो भन्दै बहिनीले एउटा झोला खोली । झोलाबाट फुत्त एउटा बुट्टे सारी निस्कियो ।

‘आहा, कति राम्रो सारी ।’ बहिनी खुसीले चिच्याई ।

‘एकचोटि लगाइहेरन । कत्तिको सुहाउँदो रहेछ तिमीलाई ।’ एउटा दाजुले सहर्ष भन्यो ।

‘दाजुहरूकै अगाडि ?’ बहिनी लाजले अनकनाई ।

‘के भो त ?’ अर्को दाजुले भन्यो ।

‘हो त । दाजुहरूको अगाडि केको लाज ।’ अब बहिनी खुलस्त भई र कस्सिई सारी लाउनलाई । उसले सुन्तलाको बोक्रा छोडाएजस्तै छोडाई आफूलाई । केस्रामात्रै बाँकी रह्यो । ऊ दाजुहरूकै अगाडि आधा नाङ्गिई । उसको अर्धनग्न र मुलायम शरीर हेरेर दाजुहरूको विचारचाहिँ पूरै नाङ्गियो । अब तिनीहरू अश्लीलताउन्मुख मात्रै होइन, आक्रमणउन्मुख नै हुन लागे ।

बहिनीले आफ्नो जीउमा दाजुले दिएको सारी लपेट्न खोज्दै थिई । एउटा दाजुले झटपट त्यो सारी समातेर तान्यो, दुशासनले द्रौपदीको सारी तानेजस्तै । अब बहिनी निर्वस्त्र बनी । हेर्दा द्रौपदीको चीरहरण हुँदाखेरिको जस्तै देखिने त्यो अकल्पनीय दृश्य तिनीहरूका लागि सामान्य बन्यो ।

दाजुले बिस्तारै बहिनीको बारुले कम्मरमा हात लगायो । काउकुतीले बहिनी चलमलाई र भनी, ‘नगर्नुस्न दाजु । मलाई काउकुती लाग्यो ।’

आक्रमणमै उत्रिसकेको चितुवाजस्तो दाजुले मृगजस्ती बहिनीको करुणामय पुकारलाई के सुन्थ्यो । उसले बहिनीको जीउ मुसार्न थाल्यो । बहिनी काउकुतीले खितखिताई । दाजु मदहोश भयो । बहिनी खितखिताउँदै खाटमा उत्तानो परेर डङरङ्ग पल्टी । होश गुमाइसकेको र पशु बन्न आतुर दाजु पशु अवतारमा बहिनीमाथि नै घोप्टियो । आगोको रापमा परेको नौनी पग्लेर तरल भयो ।

दाजुले केही देखेन । बहिनीले पनि केही देखिन । दाजुले केही सोचेन । बहिनीले पनि केही सोचिन । तीनैजनाले होश गुमाइसकेका थिए । त्यसपछि जे–जे नहुनुपर्ने हो त्यही–त्यही भयो । दुवै दाजुहरूले बहिनीसँग पालैपालो त्यही गरे, जे नगर्नुपर्ने थियो र गर्न नहुने थियो । पशु अवतारमा अवतरित भइसकेका थिए तिनीहरू । केही कुराले छेकेन तिनीहरूलाई । न जोडेको नाताले, न त गाँसेको सम्बन्धले । आखिर एक–अर्कामा कोही पनि त थिएनन् तिनीहरू ।

एक छिनपछि तीनैजना होशमा आए । ज¥याकजुरुक उठे । अत्तालिँदै एकले अर्कोलाई हेरे । तीनैजना निर्वस्त्र थिए । जीउमा केही थिएन । निधारमा अघि भर्खर लगाएको सप्तरङ्गी टीकाचाहिँ जस्ताको तस्तै थियो ।

‘यो के भयो ?’ बहिनीले झटपट सारीको सप्कोले आफ्नो उदाङ्गो छाती छोप्दै भनी ।

दुवै दाजुहरू मौन बसे ।

पाठकवृन्द, यद्यपि यो कथा हो । तथापि अन्यथा सोच्ने छुट भने छ ।

प्रकाशित : आश्विन १८, २०७९ १५:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×