त्रिशूलीमा खसेर कार बेपत्ता, यात्रु सकुशल

रमेशकुमार पौडेल

चितवन — पोखराबाट झापाका लागि छुटेको कार सोमबार बिहान सवा ७ बजेतिर नारायणगढ-मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका-२९ सत्रकिलोबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । बेपत्ता बा१०च ४५५४ नम्बरको कारमा रहेका दुई जना भने सकुशल रहेको चितवन प्रहरीले जनाएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार कार अनियन्त्रित भएर नदीमा खसेको हो । कार झापा जिल्ला दमक नगरपालिका-३ का ५२ वर्षीय लिला भट्टराईले चलाएका थिए । कारमा उनीसँगै उनकी श्रीमती ४० वर्षीया देउकला दाहाल पनि थिइन् ।

दुवै जना सामान्य घाइते भएको डिएसपी पण्डितले जानकारी दिए । कारको खोजी भइरहेको उनले बताए ।


प्रकाशित : आश्विन १७, २०७९ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?