कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सानीमदौ सोसियल सिटीलाई उपाधि

टीकाप्रसाद भट्ट

रामेछाप — दीपशिखा ब्वइज युनाइटेड क्लब रामेछापद्वारा आयोजित जिल्लाकै सर्वाधिक पुरस्कार राशि भएको दोस्रो रामेछाप कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि मन्थलीको सानीमदौ सोसियल सिटीले हात पारेको छ । 

सानीमदौ सोसियल सिटीलाई उपाधि

शनिबार अपराह्न भएको फाइनलमा सानीमदौ सोसियल सिटीले रिभरसाइड क्लब गाइखुरालाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समयसम्म दुवै टिमबाट गोल नभएपछि प्रतियोगिता पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा समेत दुवै टिमले ५-५ गोल गरेका थिए । त्यसपछि रेफ्रीले अतिरिक्त पेनाल्टी सुटको मौका दिएका थिए । अतिरिक्त पेनाल्टीमा सानीमदौले १ गोल गरेको थियो भने गाईखुराको पेनाल्टी गोलरक्षकले नियन्त्रणमा लिएका थिए ।

योसँगै सानीमदौ सोसियल सिटीले ३ लाख ३ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो हुने रिभरसाइड गाईखुराले २ लाख २ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र; तृतीय स्थानमा रहेको आयोजक दीपशिखा ब्वइज युनाइटेड क्लबले १ लाख १ हजार नगदसहितको पुरस्कार प्राप्त गरेको थियो । प्रतियोगितामा विजयी टिम तथा खेलाडीलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

विजया दशमीको अवसरमा असोज १० गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा ९ टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित : आश्विन १५, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?