दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशभर ‘टाइम कार्ड’

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशभर सवारी दुर्घटना न्यूनीकरण गर्न ‘टाइम कार्ड’ लागू गरिएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा-११, थानाभर्‍याङको विशेष सक्रियतामा बीपी राजमार्ग सिन्धुली, मुग्लिन-नारायणगढ खण्ड चितवन, भीमफेदी–कुलेखानी–फाखेल मकवानपुर, अरनिको राजमार्ग काभ्रे र पृथ्वी राजमार्ग धादिङमा टाइमकार्ड लागू गरिएको हो ।

दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशभर ‘टाइम कार्ड’

चाडपर्व लागेसँगै सडकमा सवारी साधनको अत्यधिक चाप बढ्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उल्लंघनसमेत बढ्ने भएका कारण सवारी दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

सिन्धुली जिल्ला हुँदै जाने बीपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखि नै टायम कार्ड लागू गरिएको थियो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अन्य जिल्लामा पनि टाइम कार्ड लागू गरिने उनले जानकारी दिए ।

प्रकाशित : आश्विन १४, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?