नुवाकोट — शिवपुरीको गाउँपालिका २ रोल्चेमा जिप दुर्घटना हुँदा तीन जना सख्त घाइते भएका छन् । बा७च ३०५० नम्बरको बोलेर जिप काठमाडौंबाट रोल्चे आउँदै गरेको अवस्थामा ब्रेक फेल भएर बिहीबार सडकबाट खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले जानकारी दिए ।
उनका अनुसार ३ जना यात्रुको अवस्था गम्भीर छ । उनीहरुको काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य ६ जना घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?