सुख्खा पहिरो झरेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध


नुवाकोट — त्रिशूली-गल्छी सडक खण्डको बुधसिङघाटमा सुख्खा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका ७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए ।

‘ठूलो पहिरो छ,' उनले भने, 'तत्काल पहिरो पन्छाउन सक्ने अवस्था छैन । यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग छहरे-टोखा सडक खण्ड प्रयोग गर्नुपर्ने अवस्था छ ।’
डिएसपी खड्का अनुसार पहिरो सडकबाट त्रिशूली नदीसम्म पुगेको छ । काडमाडौं हुँदै धादिङको गल्छी, मकवापुरको हेटौंडा र चितवन नारायणगढ हुँदै नुवाकोट र रसुवा आउने सवारी बुधसिङघाट पर महादेवफाँटमा रोकिएका छन् । नुवाकोट र रसुवा हुँदै गल्छी जाने गाडी काँशीटारतर्फ रोकिएका छन् ।
प्रकाशित : आश्विन १३, २०७९ १८:२२