१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

महँगी नियन्त्रण गर्न नुवाकोटमा बजार अनुगमन

कृष्ण थापा

नुवाकोट — दसैं लगायत चाडलाई लक्षित गरेर बढ्दो महँगी नियन्त्रण गर्न नुवाकोटमा बजार अनुगमन गरिएको छ । मंगलबार लिखु गाउँपालिका १ को ढिकुरे र वडा नं ५ को थानसिङ, अमिलबोटे साथै सूर्यगढी गाउँपालिका ५ को फेदीबेसी क्षेत्रका पसलहरूमा अनुगमन गरिएको हो।

महँगी नियन्त्रण गर्न नुवाकोटमा बजार अनुगमन

ती क्षेत्रमा रहेका ठूला र साना पसलहरुमा राखिएका खाद्यान्न, फेन्सी तथा तयारी कपडा, पेय पदार्थहरु बिक्री गर्ने पसलहरूको अनुगमन गरिएको हो । अनुगमनका क्रममा ४८ हजार रुपैयाँ बराबरको सामग्री जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समिति कार्यालय प्रमुख रामप्रसाद भुसालले बताए ।

अनुगमनका क्रममा अखाद्य वस्तु तथा म्याद गुज्रेका वस्तुको उपभोगबाट सचेत गराइएको छ । त्यस्तै विक्रेतालाई पनि उत्पादन मूल्य र म्याद नाघेका वस्तु बिक्री नगर्न सचेत गराउँदै जरिवानासमेत गराएको छ ।

यस क्रममा म्याद गुज्रेका विस्कुट, चकलेट, पेय पदार्थ लगायत वस्तुहरु जफत गरिएको थियो । कतिपय बिक्रेताको दर्ता प्रमाणपत्र नभएको, भएकाले पनि नवीकरण नगराएको, साइनबोर्ड प्रयोग नगरेको पाइएको थियो । साथै एउटै व्यवसायी प्रमाणपत्रबाट उल्लेख गरिएकोभन्दा बाहिर व्यवसायी कारोबारसमेत गरेको पाइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गएको बजार अनुगमन टोलीले घरेलु तथा साना उद्योग विकास समिति कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पत्रकार, नेपाल प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च र भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका पदाधिकारीहरू बजार अनुगमनमा थिए ।

अनुगमन टोलीले मासुजन्य वस्तुको उत्पादन र बिक्रीको पनि अनुगमन गरेको थियो । विदुर नगरपालिका १, २, ४ र ९ का ढुंगे, त्रिशूली बजार, बट्टार, पुरानो बजार, हावाघर, बागटार कोलनीमाका २० वटा मासु पसलहरूको अनुगमन गरिएको थियो ।

पुरानो बजार र हावाघरका अधिकांश मासु पसल दर्ता नगरेको, केहीले नवीकरण नगरेको, मासु खुला बिक्री गरेको, मूल्य सूची नराखेको, बासी मासु बिक्री गरेको पाइएको थियो ।

प्रकाशित : आश्विन १२, २०७९ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?