कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पासाङ ल्हामु मार्गको बनुवा घुम्ती नजिकै सवारी साधन फस्ने समस्या बढ्दै

बलराम घिमिरे

रसुवा — रसुवाको उत्तरगया गाउँपालिका ५ बनुवा घुम्ती नजिकै पासाङ ल्हामु मार्गमा दिनहुँ सवारी साधन फस्ने समस्या बढेको छ । पहिरोका कारण गत साउन २५ गतेदेखि अवरुद्ध पासाङ ल्हामु मार्ग पुन: सञ्चालनमा आए पनि उक्त स्थानमा सवारी साधन फस्ने समस्या देखापरेको हो ।

पासाङ ल्हामु मार्गको बनुवा घुम्ती नजिकै सवारी साधन फस्ने समस्या बढ्दै

सडक निर्माण गरिएको स्थानमा हिलो भएको कारण सडक भासिँदा सवारी साधन फस्ने गरेको हो । दिनहुँ सवारी साधन बाटोमै फसेर सडक अवरुद्ध हुने गरेको छ । सडकमा सवारी फस्दा चीनबाट आयात भएका सामग्री राजधानी लैजान, जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री भित्र्याउन तथा चाडबाडको समयमा खाद्य सामग्री ढुवानी गर्न समस्या भएको छ ।


अवरुद्ध सडक खुलाउन हिलोमा फसेका सवारी साधनललाई यात्रु तथा चालकहरूले धकेल्ने र डोरीले तानेर निकाल्ने गर्दै आएका छन् । सडक निर्माण भए पनि राम्रोसँग ग्राभेल हुन नसकेको भन्दै यात्रु र चालकहरू आक्रोशित भएका छन् ।

उक्त स्थानमा गत साउन २४ गते रातिको अविरल वर्षाले पहिरो जाँदा सडकमा क्षति पुगेको थियो । पहिरोले उत्तरगया गाउँपालिका-५ नौबिसे र बनुवा घुम्तीमा रहेका घरहरू जोखिममा परेका थिए ।

प्रकाशित : आश्विन १२, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?