नारायणी नदीमा डुबेर युवक बेपत्ता

रमेशकुमार पौडेल

चितवन — धादिङ महादेवबेसी स्थायी घर भएका १६ वर्षीय अभिषेक अधिकारी पाैडी खेल्ने क्रममा मंगलबार नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् ।

नारायणी नदीमा डुबेर युवक बेपत्ता

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका-१ देवघाट नारायणी नदीमा पाैडी खेल्दै गर्दा मंगलबार साढे १२ बजेतिर अधिकरी डुबेका थिए।

अधिकारी आफ्नी आमा पार्वती अधिकरीसँग देवघाटमै डेरा गरी बसेकाे प्रहरीले जनाएकाे छ । घटनाका बारेमा दिउँसाे सवा १ बजे जानकारी प्राप्त भएपछि प्रहरीले उनको खाेजी गरिरहेको डीएसपी पण्डितले बताएका छन् ।

प्रकाशित : आश्विन ११, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?