१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

खानेपानी-ढल व्यवस्थापन गर्दै हेटौंडा

कान्तिपुर संवाददाता

हेटौंडा — व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तयारीमा हेटौंडा उपमहानर जुटेको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा संघीय खानेपानी मन्त्रालयमार्फत उपमहानगरले खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत हेटौंडामा खानेपानी वितरण र ढल व्यवस्थापनको तयारी गरेको हो ।

खानेपानी-ढल व्यवस्थापन गर्दै हेटौंडा

आयोजनाअन्तर्गत सन् २०५५ सम्म सम्पन्न हुने गरी डीपीआर तयार गर्ने, हेटौंडाको सहरी ढल व्यवस्थापन, भूमिगत ढल र सहरी लेदोजन्य फोहर व्यवस्थापनसम्बन्धमा सोमबार उपमहानगरमा छलफल गरिएको छ । कार्यक्रममा उपमहानगर प्रमुख मिनाकुमारी लामाले एकीकृत र व्यवस्थित शहर निर्माण र विकासमा अघि बढ्ने बताइन् ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी अधिकृत सुदर्शन ढकालले अहिलेसम्म उपमहानगर क्षेत्रमा खानेपानीको वितरण, पूर्वाधार र व्यवस्थापनबारे प्रकाश पारेका थिए । उनका अनुसार बोर्डले २२ वटा डिपबोरिङ, ७ वटा इनारबाट निकालिएको पानी २२ हजार २ सय ५० धारामार्फत वितरण भइरहेको छ । बोर्डले अहिले उपमहानगर क्षेत्रमा दैनिक १ करोड ८२ लाख लिटर पानी वितरण गर्दै आएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?