१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

चितवनमा बँदेलको आक्रमणबाट मृत्यु

रमेशकुमार पौडेल

चितवन — जंगली जनावर बँदेलले आक्रमण गर्दा गम्भीर घाइते भएका भरतपुरका एकजना व्यक्तिको उपचारका क्रममा निधन भएको छ । मृत्यु हुने व्यक्ति भरतपुर महानगरपालिका-१२ नौरङ्गेका ४० वर्षीय दिपक विश्वकर्मा रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । 

मर्निङवाक गर्दै गरेका दिपकलाई असोज ७ गते शुक्रबार बिहान ६ बजेतिर एक्कासी बरन्डाभार जंगलबाट निस्केको बँदेलले आक्रमण गरेको थियो । उनको पेटमा गहिरो चोट लागेको थियो भने शरीरका धेरै ठाउँमा घाउहरू भएको डिएसपी पण्डितले बताए । घाइते दिपकलाई उपचारका लागि भरतपुरको सरकारी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा दिपकको आइतबार बिहानपख मृत्यु भएको डिएसपी पण्डितले जानकारी दिए । यसअघि चितवनकै माडी नगरपालिका-८ मा ७८ सालको वैशाख १८ गते जंगली जनवर बँदेलले आक्रमण गर्दा ४५ वर्षका नवराज ढकालको ज्यान गएको थियो ।

प्रकाशित : आश्विन ९, २०७९ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?