हेटौंडाको डाटा सेन्टरमा लागेको आगो निभाइयो

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरपालिका–४, हुप्राचौरस्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा आइतबार दिउँसो लागेको आगो निभाइएको छ । सेन्टरको विद्युत् गृह अर्थात् ब्याट्री ब्याकअपमा करेन्ट सर्ट भएर लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा ल्याइएको हो ।

हेटौंडाको डाटा सेन्टरमा लागेको आगो निभाइयो

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार दिउँसो ३ बजेबाट लागेको आगो साँझ करिब ५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको हो ।

आगो निभाउन हेटौंडा उपमहानगरका दुईवटा दमकलसहित नेपाली सेना, वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाग्मती प्रदेश प्रहरी कार्यालय र हेटौंडा उपमहानगरको नगर प्रहरीको टोली परिचालन गरिएको थियो । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

सेन्टरलाई राष्ट्रिय सूचना प्रविधि केन्द्र सिंहदरबारको ‘ब्याकअप’को रुपमा प्रयोग गरिँदै आएको थियो । करिब साढे तीन वर्ष अगाडिदेखि यस सेन्टर सञ्चालनमा आएको हो । आगलागीका कारण कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा पूर्ण रुपमा बन्द गरिएको इञ्जिनियर अभिनाष झाले जानकारी दिए ।

‘आगलागीबाट के कति क्षति भएको छ भन्ने थाहा भएको छैन । हाम्रो कार्यालयबाट हुने सबै सेवा हाललाई अवरुद्ध भएको छ । धेरै सरकारी कार्यालयहरूको सर्भर डाउन हुन सक्छ । हामी हाम्रो सेवालाई रिकभर गरेर छिटोभन्दा छिट्टो बन्द भएको सर्भरहरू सञ्चालन गर्ने कोसिस गर्नेछौं,’ उनले भने ।

प्रकाशित : आश्विन ९, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?