डिजास्टर रिकभरी केन्द्र हेटौंडामा आगलागी, निभाउने प्रयासमा दुई दमकलसहित सुरक्षाकर्मी- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिजास्टर रिकभरी केन्द्र हेटौंडामा आगलागी, निभाउने प्रयासमा दुई दमकलसहित सुरक्षाकर्मी

सुवास विडारी

हेटौंडा — मकवानपुरको हेटौंडा उपमहानगरापलिका ४ हुप्रा चौरमा रहेको डिजास्टर रिकभरी केन्द्रमा आगलागी भएको छ । आइतबार दिउँसो करिब ३ बजेदेखि सेन्टर इलेक्ट्रिक रुमबाट विद्युत् सर्ट भई आगलागी भएको हो । 

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र उपमहानगरपालिकाका प्रहरीसमेत खटिरहेका छन् । आगो निभाउन उपमहानगरकै दुई वटा दमकल प्रयोग गरिएको छ ।


प्रकाशित : आश्विन ९, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्

नीति अनुसन्धान प्रतिष्ठानले मनायो चौथो वार्षिकोत्सव

कान्तिपुर संवाददाता

काठमाडौँ — नीति अनुसन्धान प्रतिष्ठानले आइतबार चौथो वार्षिकोत्सव मनाएको छ । यसै अवसरमा प्रतिष्ठानले आफ्नो दोस्रो जनरल ‘नेपाल पब्लिक पोलिसी रिभ्यु’ पनि ल्याएको छ ।

प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको प्रतिष्ठानले हालसम्म ४३ वटा अनुसन्धान गरेको कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीले बताए । उनले त्यसमध्ये २२ वटा प्रकाशित भइसकेको र २१ ओटा प्रकाशन हुने क्रममा रहेको जानकारी दिए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थिंक ट्यांकहरुको भूमिका विषयमा नीति प्रवचन दिएका थिए । उनले आफ्नो अनुभवसमेत सुनाउँदै नेपालमा नीति निर्माणमा थिंक ट्यांकको भूमिका प्रभावकारी नभएको बताए । उनले थिंक ट्यांकको भूमिकालाई बढाउन जोड दिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय परिवेक्षमा थिंक ट्यांकको महत्व बारे जानकारी दिँदै नेपालमा पनि यसलाई प्रभावकारीरुपमा अघि बढाउनु पर्ने बताए ।

प्रकाशित : आश्विन ९, २०७९ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×