पौडी खेल्दा डुबेर मृत्यु भएका ३ जनाको पहिचान खुल्यो- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडी खेल्दा डुबेर मृत्यु भएका ३ जनाको पहिचान खुल्यो

सुवास विडारी

मकवानपुर — हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका तीन जना बालकहरूको सनाखत भएको छ । हेटौंडा–५ र ७ को सिमानामा रहेको कर्रा खोलास्थित नागदहमा डुबेर शुक्रबार साँझ उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ ५ बजेतिर पौडी खेल्न खोलामा हाम फालेका चार जनामध्ये तीनजना बेपत्ता भएका थिए । एक जना भने दहबाट पौडिएर निस्किएका थिए । प्रहरीका अनुसार खोलामा डुबेर हेटौंडा–१५, फारलाइनका १७ वर्षीय साहिल लामा, १२ वर्षीय कार्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको मृत्यु भएको हो ।

मृतकसँगै खोलामा पसेका हेटौंडा–८ का रियान्स माझी भने तैरिएर बाहिर निस्किएका थिए । माझीले नै स्थानीयलाई साथीहरु खोलामा डुबेको भनेर खबर गरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोलामा डुबेको बालकको खोजी गरेका थिए । उनीहरुको शव घटनास्थलभन्दा केही तल खोलामा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

करिब दुई घण्टापछि सुरक्षाकर्मीको टोलीले उनीहरुको शव फेला पारेको हो । उनीहरुको हेटौंडा अस्पतालमा पोस्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएका छ ।

प्रकाशित : आश्विन ७, २०७९ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्

यस्तो रह्यो हाम्रो बजार कार्निभलको पहिलो दिन

कान्तिपुर संवाददाता

काठमाडौँ — 'हाम्रो बजार कार्निभल २०२२' शुक्रबारबाट सुरु भएको छ । हाम्रो बजारले दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजना गरेको कार्निभल नाडाका अध्यक्ष ध्रुव थापाले उद्घाटन गरेका थिए । कार्निभलमा नयाँ तथा पुराना गाडी किनबेच र साट्न मिल्ने अध्यक्ष थापाले बताए ।

'हाम्रो बजारले नयाँ अवधारणामा महोत्सव सुरु गरेको छ, यसमा नयाँ र पुराना गाडी एउटै ठाउँमा किन्न, बेच्न र साट्न मिल्नेछ,’ उनले भने, 'सबै किसिमका गाडी एकै ठाउँमा पाइने हुँदा ग्राहकहरु धेरै ठाउँमा भौँतारिनु पर्ने छैन ।' महोत्सवमा ७ वटा ब्रान्डका नयाँ गाडी र ३०० वटा विभिन्न ब्रान्डका पुराना गाडीहरु राखिएका छन् । महोत्सवको अर्को आकर्षण भनेको हेन्री नामक इलेक्ट्रिक गाडी हो । ग्राहकका लागि ५० प्रतिशत फाइनान्सको सुविधा पनि छ । महोत्सवमा आएका थानकोटका राजनकुमार श्रेष्ठका अनुसार अहिले ठूला वित्तीय संस्थाहरुले फाइनान्स गर्न नमानिरहेको अवस्थामा एकै ठाउँमा विभिन्न गाडी हेर्न र किन्न पाइनुका साथै फाइनान्स सुविधा पनि भएकाले महोत्सव उत्तम छ । हाम्रो बजारका सीईओ रोहित तिवारीले महोत्सवको पहिलो दिन मानिसहरुको राम्रो सहभागिता रहेको बताए । आइतबारसम्म चल्ने महोत्सवमा ३० हजार दर्शकले अवलोकन गर्ने र स्टलमा राखिएका सबै गाडी खरिदबिक्री हुने आयोजकको लक्ष्य छ ।

प्रकाशित : आश्विन ७, २०७९ २०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×