१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सौर्य ऊर्जाबाट २५ मेगावाट

कृष्ण थापा

नुवाकोट — नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका–६ र १२ मा निर्माण गरेको सोलार प्लान्ट । ५ सय रोपनी क्षेत्रफलमा फैलिएको २५ मेगावाट क्षमताको यो प्लान्टबाट भदौ १० देखि उत्पादन थालिएको थियो । परीक्षण सफल भएपछि अहिले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

सौर्य ऊर्जाबाट २५ मेगावाट

देवीघाट जलविद्युत् केन्द्रले चर्चेको जग्गा, फोरवे चौर, रातोमाटे, कफी एरिया–१, केराघारी र राईगाउँमा प्लान्ट राखिएको छ । पछिल्लो पटक कफी एरिया–२ मा प्लान्ट बनेर उत्पादन सुरु भएपछि आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

अहिले २५ मेगावाट नै विद्युत् उत्पादन भइरहेको र उत्पादित विद्युत् देवीघाट विद्युत् गृहको सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको सोलार प्लान्ट आयोजनाका प्रमुख विकासबहादुर रघुवंशीले बताए । ‘सोलार प्लान्टका ६ वटै ब्लकबाट दिनमा सरदर ५ घण्टासम्म विद्युत् उत्पादन भइरहेको छ, राम्रोसँग घाम लागेमा १ लाख युनिटसम्म विद्युत् उत्पादन हुन्छ,’ उनले भने ।

विश्व बैंकको सहुलियत ऋणमा निर्मित आयोजनामा करिब ४ अर्ब रुपैयाँ खर्च भएको छ । आयोजना चीनको राइसेन इनर्जी कम्पनीले निर्माण गरेको हो । तर, २०७४ जेठ ३ मा सम्झौता गरे पनि राइसेनले २०७६ कात्तिकदेखि मात्र काम थालेकाले समयमै पूरा हुन सकेको थिएन । पटक–पटक म्याद थप गरिएपछि अहिले बल्ल उत्पादन सुरु भएको हो ।

प्रकाशित : आश्विन ७, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?