कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

संघीयतालाई सबल बनाउन संघीय सरकार फराकिलो बन्न सकेन : मुख्यमन्त्री पाण्डे

प्रताप विष्ट

हेटौँडा — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीयतालाई सबल र बलियो बनाउने कार्यमा संघीय सरकार फराकिलो बन्न नसकेको आरोप लगाएका छन् । प्रदेश सरकारलाई बलियो र सक्षम बनाउनुपर्नेमा कमजोर बनाउनेतर्फ संघीय सरकार उद्धत देखिएको छ‚’ मुख्यमन्त्री पाण्डेले भने, ‘वाग्मती प्रदेशअन्तर्गत पर्ने उपत्यकाका तीन जिल्लाको सुरक्षाको जिम्मा संघीय सरकार आफैँले लिन खोज्नु संघीयता विरोधी कार्य हो ।’

संघीयतालाई सबल बनाउन संघीय सरकार फराकिलो बन्न सकेन : मुख्यमन्त्री पाण्डे

संघीयतालाई सवल बनाउने कार्यमा संघीय सरकार सकारात्मक नदेखिएको आरोप लगाए । सातौं संविधान दिवसको अवसरमा हेटौँडामा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले संविधानको मर्म र भावनाअनुसार संघीय सरकारले काम गर्न नसकेकाले लोकतन्त्र विरोधीहरूले टाउको उठाउन थालेको बताए ।

प्रदेश बलियो नभएसम्म संघीयता सबल हुन नसक्ने विचार मुख्यमन्त्री पाण्डेले व्यक्त गरेका थिए । प्रदेश प्रमुख यादवचन्द्र शर्मा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले हाम्रा आचरण र व्यवहार संघीयतामैत्री हुनुपर्ने विचार व्यक्त गरेका थिए ।

उक्त अवसरमा संविधान कार्यान्वयनमा प्रदेशको योगदान विषयक खुला लेख प्रतियोगतामा प्रथम भएका स्वतन्त्र पत्रकार डा. अश्वत्थामा भक्त खरेल । दोस्रो हेटौंडाका निर्मलकुमार पौडेल तेस्रो हुन सफल भएका मकवानपुरका पत्रकारद्वय भानुभक्त आचार्य र गणेश दुलाललाई पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा विजेता प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: नगद १५ हजार, १० हजार र पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित : आश्विन ३, २०७९ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?