कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

२२ घण्टापछि छ्यादी खोलाको भिरबाट जीवितै उद्धार

अनिश तिवारी

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका-१ सर्कथली छ्यादी खोलाले बगाएर बेपत्ता भएका शिक्षकको २२ घण्टापछि आइतबार जीवितै उद्धार गरिएको छ । हेलम्बु नाकाते पारी भेग छ्यादी खोलामा साथीसहित नुहाउन गएका स्थानीय विद्यालयका शिक्षक केशव सिवाकोटीलाई खोलाले शनिबार दिउँसो बगरबाट बगाएको थियो । 

२२ घण्टापछि छ्यादी खोलाको भिरबाट जीवितै उद्धार

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार दोलखा कालिञ्चोक-३ का स्थानीय सिवाकोटी स्थानीय सर्कथली आधारभूत विद्यालयमा पढाउँदै आएका थिए ।


तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय‚ चौतारा
शनिबार एक्कासी खोलामा चिप्लिएर उनी खसेर हराएपछि प्रत्यक्षदर्शी शिक्षक र स्थानीयले आफूलाई खबर गरेको र आफूले सुरक्षाकर्मीलाई खबर गरेर खोजी कार्यमा लागेको बताए । ‘छ्यादी खोलाको अप्ठ्यारो भूगोलमा ढुंगाको कापबाट उनलाई सकुशल उद्धार गरिएको छ‚’शेर्पाले भने । शिक्षकको जीवन बँचाएको भन्दै स्थानीय गाउँलेले सुरक्षाकर्मी, शिक्षकलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

शनिबार बेपत्ता शिक्षक नभेटिएपछि आस मारेका स्थानीय र शिक्षकका परिवारले छ्यादी भिरबाट आइतबार बिहान ५ बजे ‘बचाउ‚ बचाउ; गुहार, गुहार’ भन्ने आवाज बारम्बार सुनेपछि गाउँपालिका अध्यक्षलाई गुहारेका थिए । तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय अगुवाजन र जनप्रतिनिधि उद्धारमा आवाज आएको छ्यादी भिरमा खटिएका थिए ।

उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर अहिले कठमाडौं लगिएको र अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए ।

प्रकाशित : आश्विन २, २०७९ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?