१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पेसागत महासंघ काभ्रेको अध्यक्षमा बडाल

काभ्रे — नेकपा (एकीकृत समाजवादी) निकट पेसागत महासंघ नेपाल काभ्रेको जिल्लास्तरीय कमिटी गठन भएको छ । पेसागत महासंघका केन्द्रीय अध्यक्ष तथा पार्टीका नेता  प्रेमलकुमार खनालको प्रमुख आतिथ्यमा जिल्ला कमिटी गठन भएको हो ।

पेसागत महासंघ काभ्रेको अध्यक्षमा बडाल

विभिन्न घटक संगठनहरूको जिल्लास्तरीय संगठनमा पेसागत महासंघको अध्यक्षमा रामप्रसाद बडाल, उपाध्यक्ष बलराम भैल र डा.सन्तोष गौतम, महिला उपाध्यक्ष सुनमाया तामाङ, सचिव मिना स्याङ्तान, सहसचिव भोला सापकोटा र कोषाध्यक्ष सुभास पौडेलसहित २५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।

कार्यक्रममा एकीकृत समाजवादी काभ्रेका जिल्ला इन्चार्ज टोकबहादुर वाइबा, प्रदेश सचिव लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम, जिल्ला सचिव गोकुल गौतम, उपसचिव उसु लामा र बनेपा नगर कमिटीका अध्यक्ष रघुवर चौ प्रधानले बधाई तथा शुभकामना दिएका थिए । समितिका सदस्यहरूलाई पार्टी जिल्ला इन्चार्ज वाइबाले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

प्रकाशित : आश्विन १, २०७९ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?