१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पृथ्वी राजमार्गछेउमा महिला मृत फेला

रमेशकुमार पौडेल

चितवन — इच्छाकामना गाउँपालिका-४ कुरिनघाट पृथ्वी राजमार्ग आडमा एक जना महिलाको शव फेला परेको छ ।

गए राति दुई बजेतिर महिला मृत फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

महिलाको परिचय खुलेको छैन । उमेर अन्दाजी १९/२० वर्षको रहेको उनले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रवक्ता पण्डितको भनाइ छ

प्रकाशित : आश्विन १, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?