कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मिनी ट्रकको ठक्करबाट नुवाकोटमा १ जनाको मृत्यु

नुवाकोटको महादेवफाँट र तारुका तनावग्रस्त
कृष्ण थापा

नुवाकोट — बेलकोगढी नगरपालिका ७ महादेवफाँटमा मिनी ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि ललितपुरको बीएन्डबी अस्पताल लगिएको छ ।

मंगलबार साढे ८ बजे उक्त दुर्घटना हुँदा महादेवफाँटका वीरेन्द्र कुँवरको घटनास्थलमा मृत्यु भएको सोही वडाका राजेन्द्र राई गम्भीर घाइते भएपछि उपचारका लागि ललितपुरस्थित बीएन्डबी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मृतक कुँवरको टाउको फुटेको, घाइते राईको टाउको र छातीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । धादिङको गल्छीतर्फ जाँदै गरेको बा ३ ख १६४ नम्बरको मिनी ट्रकले देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको बा २० च ९४४२ नम्बर कारबाट उत्रिँदै गरेका कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश पण्डितले जानकारी दिए ।

मृतकको शव महादेवफाँटस्थित नुवाकोट हेयरकेयर सेन्टरमा राखिएको छ । ठक्कर दिएपछि सडकमा स्थानीयले रोकेर तोडफोड गरी आगो लगाएका छन् । आगोले गाडीको अधिकांश भाग जलेर ध्वस्त भएको छ । स्थानीयले तारुका चौकी जम्मा दोषीलाई कारबाही माग गर्दै चालकलाई घाइते र मृतकका आफन्तलाई क्षतिपूर्तीको माग गर्दै प्रर्दशन गरिरहेका छन् ।

मिनी ट्रक चालकलाई तारुका प्रहरी चौकीको नियन्त्रण राखिएको छ ।

प्रकाशित : भाद्र २९, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?