ठूला दलको सिण्डिकेटका कारण देश बर्बाद भयो : राजेन्द्र लिङदेन

टीकाप्रसाद भट्ट

रामेछाप — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दुई ठूला राजनीतिक दलको सिण्डिकेटका कारण देश बर्बाद बनेको आरोप लगाएका छन् । ३० वर्षको अवधिमा देशमा उद्योगधन्धा बन्द हुनुमा प्रमुख दलहरू जिम्मेवार रहेको उनले बताए ।

ठूला दलको सिण्डिकेटका कारण देश बर्बाद भयो : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले सोमबार मन्थलीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै लिङदेनले यस्तो बताएका हुन् । यस क्रममा उनले भने, 'तीस वर्षमा देशमा रहेका उद्योगधन्दा बन्द भए । नेपाल अरबी नोकर उत्पादन गर्ने देशको रुपमा चिनिन थालेको छ । अरु त छोड्दिऊँ, बाली लगाउने बेलामा मल नपाउने अवस्थामा नेपाललाई पुर्‍याइएको छ ।'

लिङदेनले अबको चुनाव आवधिक निर्वाचन मात्र नभएर देशको अवस्था फेर्ने चुनाव भएकाले विवेक प्रयोग गर्न आग्रह पनि गरेका थिए । कार्यक्रममा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, राप्रपा रामेछापका अध्यक्ष भरत वाइबा लगायत नेताहरूले मन्तब्य राखेका थिए ।

यस्तै राप्रपा केन्द्रीय अनुसासन समितिका संयोजक नवराज सुवेदी, तत्कालीन संविधानसभा सदस्य दालकुमारी सुनुवार र केन्द्रीय सदस्य तथा पूर्वमन्त्री आङछिरीङ लामाले समेत कार्यक्रममा बोलेका थिए । कार्यक्रम सुरु गर्नुअघि राप्रपाको मन्थली बजारमा झाँकीसहितको र्‍याली निकालिएको थियो ।

प्रकाशित : भाद्र २७, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?