हेटौंडामा किरात देवास राईको राष्ट्रिय सम्मेलन

प्रताप विष्ट

हेटौंडा — किरात देवास राई उत्थान समाजको पाँचौ राष्ट्रिय सम्मेलन मकवानपुरको हेटौडामा शनिबारबाट सुरु भएको छ । 'आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण गरौं, जातीय उत्थानमा सहभागी बनौं' भन्ने नाराका साथ किरात देवास राईहरुको राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

हेटौंडामा किरात देवास राईको राष्ट्रिय सम्मेलन

आइतबारसम्म चल्ने सम्मेलन वाग्मती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङले एक समारोहबीच उद्घाटन गरेका थिए । सबै आदिवासी समुदायको उत्थान नभएसम्म मुलुकको विकास नहुने बताउँदै राज्यमन्त्री चेपाङले भने,‘भाषा र संस्कृतिको संरक्षण नभएसम्म कुनै पनि जातिको पहिचान दिगो हुँदैन ।’ मकवानपुर, नुवाकोट,धादिङ, बारा, रौतहट, सिन्धुली, चितवनलगायत सात जिल्लाका करिब एक हजारभन्दा बढी सहभागिता रहेको कार्यक्रममा सहभागीहरु आफ्नो भेषभुषामा आएका थिए ।

किरात देवास राई उत्थान समाजका केन्द्रीय अध्यक्ष आसमान राईको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय महासचिव जनक राई, केन्द्रीय सल्लाहकार प्रेम राई, किरात देवास राई उत्थान समाजका मकवानपुर अध्यक्ष कृष्णबहादुर राईलगायतको पनि उपस्थित थिए ।

कार्यक्रममा आफ्नै भाषामा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । सम्मेलनले नेतृत्व पनि छनौट गर्ने अध्यक्ष राईले बताए । सम्मेलन सुरु हुनुअघि हेटौंडा उपमहानगरपालिका-४ स्थित लोकतान्त्रिक चौरबाट झाँकीसहितको र्‍यालीले हेटौंडा बजार परिक्रममा गरेको थियो ।

प्रकाशित : भाद्र २५, २०७९ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?