चितवनमा दाना उद्योगमा आगलागी

डेढ करोडको क्षति
रमेशकुमार पौडेल

चितवन — जिल्लाको पूर्वी क्षेत्रमा पर्ने राप्ती नगरपालिका-३ झुरङुरेको एक दाना उद्योगमा बिहीबार राति पौने दुई बजेतिर आगलागी हुँदा डेढ करोड रूपैयाँ बराबरको क्षति भएको छ ।

चितवनमा दाना उद्योगमा आगलागी

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार किरण ओलीको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना रहेको गोदाममा विद्युत सर्ट भएर आगो लागेको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले आगलागीबाट दाना उद्योगको मेसिन, बिजुलीका सामानहरू, गोदाममा राखेको दाना नष्ट भएको जानकारी दिए । आगलागीबाट एक करोड ५० लाख रूपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण आएको उनले बताए ।

बिहीबार राति १ बजेर ४० मिनेट जाँदा लागेको आगो दमकल, स्थानीय र प्रहरीको सक्रियतामा ३ बजेर २० मिनेट जाँदा नियन्त्रणमा आएको डिएसपी अधिकारीले बताए ।

प्रकाशित : भाद्र २४, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?