मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी खण्ड अवरुद्ध

राजकुमार कार्की

सिन्धुली — सुख्खा पहिरो खसेर अवरुद्ध मध्यपहाडी राजमार्ग अझै खुलेको छैन । सिन्धुलीको खुर्कोट–घुर्मी सडकखण्ड अन्तर्गत गोलञ्जोर गाउँपालिका–१ डुडभन्ज्याङ कुडुलेमा सुख्खा पहिरो खस्दा बुधबार बिहानबाट अवरुद्ध भएको राजमार्ग खुलाउन नसक्दा सयौं सवारी साधन र यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् ।

मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी खण्ड अवरुद्ध

कुडुलेमा पहिरो खस्दा यसअघि पनि सडक अवरुद्ध हुने गरेको थियो ।

निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधनहरू रोखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय खुर्कोट र गोलन्जोर गाउँपालिकाको टोलीले डोजर लगेर पहिरो पन्छाउने काम गरिरहेको छ । पहिरो झर्ने क्रम नरोकिएकाले पन्छाउने कार्यमा कठिनाइ उत्पन्न भएको गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताए ।

प्रकाशित : भाद्र २२, २०७९ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?