कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जबर्जस्ती करणी उद्योगका आरोपी पुर्पक्षका लागि थुनामा

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछाप जिल्ला अदालतले मन्थली १ मा बस्ने पवन कठायतलाई जबर्जस्ती करणीको उद्योग गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

जबर्जस्ती करणी उद्योगका आरोपी पुर्पक्षका लागि थुनामा

जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले मंगलबार उक्त आदेश दिएको हो । आदेशसँगै कठायतलाई रामेछाप कारागार चलान गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।

नातामा भतिजी बुहारी पर्ने विनु यादवले कठायत विरुद्ध २०७९ वैशाख ७ गते बिहान भैंसेश्वरको निवासमा आएर आफ्नो संवेदनशील अंगमा हात हाली जबर्जस्ती करणी गर्ने उद्योग गरेको आरोपसहित प्रहरीमा जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि प्रहरीले कठायतलाई भदौ १ गते हिरासतमा लिएर अनुसन्धान थालेको थियो । अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय मार्फत् फाइल प्राप्त भएपछि मंगलबार जिल्ला अदालतबाट थुनछेक आदेश भएको हो ।

विनु यादवले सोमबार मात्र मन्थलीमा पत्रकार सम्मेलन गरी आफूले हालेको मुद्दामा कमजोर अनुसन्धान भएको र आरोपीलाई धरौटीमा छोड्नका लागि विभिन्न शक्ति केन्द्रबाट दबाब आइरहेको बताउँदै त्यसो भएमा जिल्ला अदालत नछोड्ने चेतावनी दिएकी थिइन् ।

न्याय नपाएसम्मका लागि प्राण त्याग्न पनि पछि नपर्ने उनले चेतावनी दिएकी थिइन् । गत बैसाख ७ गते विनु यादव र उनका श्रीमान प्रदिप कठायतबीच रामेछाप जिल्ला अदालतले सम्बन्ध विच्छेदको फैसला गरेको थियो ।

अदालतको फैसलापछि यादवले इजलासमै विष सेवन गरेकी थिइन् । जिल्ला अदालतको फैसला बदर गरी सम्बन्ध कायमका लागि यादवले उच्च अदालतमा पुनरावेदन गरेकी छन् । उक्त मुद्दा विचाराधिन अवस्थामा छ ।

प्रकाशित : भाद्र २१, २०७९ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?