कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तामाकोसीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको मन्थलीस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा सोमबार एक युवकको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका–४ का रामकुमार माझी रहेका छन् ।

माझी मन्थली–७ को ओडारेनजिकै पौडी खेल्न पसेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०७९ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?