कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मानव बेचबिखनका आरोपी ३४ वर्षपछि पक्राउ 

अनिश तिवारी

सिन्धुपाल्चोक — मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट ९ वर्ष दुई महिना आठ दिन कैद सजाय फैसला तोकिएका ३४ वर्षदेखि फरार आरोपी आइतबार समातिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) शिव बुढाथोकीका अनुसार आरोपी मेलम्ची नगरपालिका वडा ७, दुबाचौरका ६६ वर्षे जितबहादुर तामाङ खम्बेलाई पक्राउ गरेको हो ।

२०४५ साल चैत २९ मा जिल्ला अदालतबाट तामाङलाई ९ वर्ष २ महिना ८ दिन कैद सजाय तोकिएको थियो । तर सजाय तोकिएलगत्तै उनी फरार थिए ।

आइतबार दिउँसो ११ बजे दुबाचौरबाट लुकिछिपी बसेको सूचनाको आधारमा फेला पारेको डीएसपी बुढाथोकीले जानकारी दिए ।

प्रकाशित : भाद्र २०, २०७९ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?